जाजरकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु

जंगलमा खोटो संकलन गर्न गएका ६१ वर्षका जयबहादुर शाहीको ढुङ्गा लागेर मृत्यु

कार्तिक १८, २०८२

तृप्ति शाही

One person dies after being hit by a stone in Jajarkot

वीरेन्द्रनगर — जाजरकोटमा ढुङ्गा लागेर एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका-४ का ६१ वर्षका जयबहादुर शाही छन् ।

स्थानीय जंगलमा खोटो संकलन गर्न गएका उनको ढुङ्गा खसेर मृत्यु भएको वडाध्यक्ष निमबहादुर शाहीले जानकारी दिए ।

सोमबार साझ अबेरसम्म घर नफर्केपछि उनको खोजीमा स्थानीय गएका थिए । मृत फेला पारेको वडाध्यक्ष निमबहादुरले बताए । उनका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको छ । माथिबाट ढुङ्गा खसेको देखिएको छ ।

ढुङ्गा लागेर मृत्यु भएको घट्नाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली गएको जिल्ला प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully