निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिइन् 

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Government should work to create an environment for elections: Former President Bhandari

काठमाडौँ —  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् ।  आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् ।

'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले भनिन् । 

Government should work to create an environment for elections: Former President Bhandariजेन–जी आन्दोलनपछि भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गर्दा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् । 

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully