नेपालमा हराइरहेका आमा र साथीको खोजीका लागि रुसी युवतीले गरिन् अपिल

नेदरल्यान्ड्स निवासी जुलिया खुसाइनोभाले इमेलबाट अनुनय गरेपछि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपालमा हराइरहेका जुलियाकी आमा अल्फिया खुसाइनोभा र उनकी साथी एलेना स्टेपिनासहित दुई जना रूसी नागरिकहरूको अवस्थाबारे सहयोगका लागि सार्वजनिक अपिल गरेको छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Russian girl appeals for help in finding missing mother and friend in Nepal

काठमाडौँ — नेपाल भ्रमणमा रहेकी आफ्नी आमाको खोजीका लागि एक रुसी युवतीले इमेलमार्फत् अनुनय गरेपछि टानले हराइरहेकी पर्यटकको खोजीका लागि सोमबार सार्वजनिक अपिल गरेको छ ।

नेदरल्यान्ड्स निवासी जुलिया खुसाइनोभाले इमेलबाट अनुनय गरेपछि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपालमा हराइरहेका जुलियाकी आमा र उनकी साथी एलेना स्टेपिनासहित दुई जना रूसी नागरिकहरूको अवस्थाबारे सहयोगका लागि सार्वजनिक अपिल गरेको छ । 

जुलियाबाट प्राप्त इमेल अनुसार, उनकी आमा अल्फिया खुसाइनोभासँग कात्तिक १२ (२०२५ अक्टोबर २९) बुधबारदेखि सम्पर्क हुन नसकेको टानका सीईओ रामचन्द्र सेढाईले बताए ।

‘म मेरी आमा अल्फिया खुसाइनोभा, जो रूसी नागरिक हुन्, उनीबारे जानकारी खोज्ने प्रयास गर्दैछु। उनी हाल नेपालमा ट्रेकिङमा रहेको र केही दिनदेखि सम्पर्कमा नरहेको कारण म अत्यन्त चिन्तित छु,’ टानलाई पठाईएको इमेलमा लेखिएको छ, ‘कृपया तपाईँहरूले उहाँको नाम तपाईंहरूको पदयात्राको डाटाबेसमा दर्ता भएको छ कि छैन भन्ने कुरा जाँच गर्न सक्नुहुन्छ र उहाँले कुन ट्रेकिङ मार्गका लागि दर्ता गर्नुभएको हो भन्ने पनि पुष्टि गरिदिनुहुन्छ कि ? सम्भावित मार्गहरू मानास्लु वा माकालु-बरुण (सबैभन्दा सम्भावित) उहाँले बुधबारदेखि सम्पर्क नगरेकाले म निकै चिन्तित छु, साथै सो क्षेत्रमा हिउँपात र उद्धारसम्बन्धी समाचारहरू पनि आइरहेका छन्।’ 

उनी अक्टोबर २५–२६ तिर काठमाडौं आइपुगेकी ओर्लिएकी थिइन् । त्यसपछि मानास्लु वा माकालु-बरुण क्षेत्रमा ट्रेक सुरु गरेको अनुमान गरिएको छ।

कान्तिपुर

Link copied successfully