डीआईजीमा बढुवा भए ५ एसएसपी

एक साताअघि गृहसचिवको नेतृत्वमा रहेको बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

5 SSPs promoted to DIG

काठमाडौँ — नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएको छ । एसएसपी भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण खत्रीको सोमबार डीआईजीमा बढुवा भएको हो ।

बढुवा भएका खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलई अपराध अनुसन्धान विभाग, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ ।

एक साताअघि गृहसचिवको नेतृत्वमा रहेको बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।  

कान्तिपुर

Link copied successfully