हिमपहिराेपछि विदेशीसहित १५ जना सम्पर्कमा छैनन्

डाेल्मा खाङ हिमाल आराेहणका लागि गएका विदेशीसिहत स्वदेशी पथप्रदर्शक यलुङ रि हिमालकाे बेसक्याम्प नजिकैको हिमपहिराेमा परेका छन् । 

कार्तिक १७, २०८२

केदार शिवाकोटी

15 people, including foreigners, missing after avalanche

दोलखा — डाेल्मा खाङ हिमाल आराेहणका लागि गएका विदेशीसिहत स्वदेशी पथप्रदर्शक राेल्वालिङ क्षेत्रमा रहेकाे यलुङ रि हिमालकाे बेसक्याम्प नजिकै साेमबार बिहान हिमपहिराेमा परेका छन् । 

आराेहणमा हिँडेका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शककाे समूह साेमबार बिहान ९ बजेतिर यलुङ रि नजिकै हिमपहिराेमा परेकाे प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताेले बताए । उनीहरूकाे अवस्था अझै यकिन हुन सकेकाे छैन ।

साेमबार बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि अझैसम्म उद्धारमा ढिलाइ भएकाे ना गाउँबाट एक स्थानीयले बताए । राेल्वालिङ क्षेत्र हेलिकोप्टर उडानका लागि प्रतिन्धित क्षेत्र भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएकाे उनको भनाइ छ ।

हिमपहिराेमा परेका विदेशीसहित नेपाली पथप्रदर्शक खाेजीको प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । सम्पर्कविहीनहरुको खाेजी र उद्धारका लागि अहिले हेलिकोप्टर त्यसतर्फ गएकाे प्रहरीले जनाएकाे छ ।

केदार

Link copied successfully