उत्तरपुस्तिका जलेका विद्यार्थीले गरे सीटीईभीटीमा प्रदर्शन

उत्तरपुस्तिका जलेका १५ हजार विद्यार्थीको परीक्षा मंसिर ४ गतेदेखि

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Students who burned answer sheets protest at CTEVT

काठमाडौँ — भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा आगजनीबाट उत्तरपुस्तिका जलेका करिब १५ हजार विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद् सीटीईभीटीको कार्यालयमा प्रदर्शन गरेका छन् ।

सीटीईभीटीले मंसिर ४ गतेदेखि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन्र ।

सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईका अनुसार विभिन्न प्रहरी कार्यालयमा रहेका १५ हजारभन्दा बढी उत्तरपुस्तिका नष्ट भएको र ती परीक्षार्थीको परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।

बागमती प्रदेशका १५ वटा र कोशी प्रदेशका ५ वटा गरी २३ वटा परीक्षा केन्द्रका प्रहरी कार्यालयमा राखिएका उत्तरपुस्तिका जलेको हो । डिप्लोमा र प्रि-डिप्लोमा तहको उत्तरपुस्तिका नष्ट भएको सीटीईभीटीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully