प्रधानमन्त्री र मुख्यमन्त्रीहरु छलफलमा

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक जारी छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Prime Minister and Chief Ministers in discussion

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फागुनमा हुने संसदीय निर्वाचनको विषयमा छलफल गर्न बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

अन्तरिम सरकार गठन भएपछि पहिलो पटक प्रधानमन्त्रीसँग देशको समसामयिक राजनीतिक विषय र फागुनमा हुने निर्वाचनबारे छलफलका लागि भेटघाट गर्न समय तय भएको हो ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थित छन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully