उनी ज्यान मार्ने उद्योगमा अदालतको आदेशअनुसार केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
काठमाडौँ — केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकजना बन्दीले साथमा प्रहरीको ग्यास गन लगेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा कारागारबाट भागेका बन्दी राजा तामाङ भनिने वाङ्सु लामाको साथमा ग्यास गन भेटिएको हो ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार लामाका साथबाट गोलीका ४ वटा कार्टेग पनि भेटिएको छ । हतियार बरामद भएपछि २२ वर्षीय लामालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ ।
उनी ज्यान मार्ने उद्योगमा अदालतको आदेशअनुसार केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
