प्रधानन्यायाधीश राउत बंगलादेश प्रस्थान

बंगलादेशका प्रधानन्यायाधीश सैयद रेफत अहमदको निमन्त्रणामा राउत ४ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ गएका हुन् ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Chief Justice Raut departs for Bangladesh

काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेश प्रस्थान गरेका छन् । 

बंगलादेशका प्रधानन्यायाधीश सैयद रेफत अहमदको निमन्त्रणामा राउत ४ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ गएका हुन् । राउत नेतृत्वको टोली शनिबार विमान बंगलादेशमार्फत ढाका प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् । 

भ्रमण दलमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल पनि रहेका छन् । 

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी न्यायाधीश कुमार रेग्मीलाई दिइएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully