संवैधानिक आयोगका सुझाव कार्यान्वयनबारे सरकार छलफल गर्छ : मन्त्री घिसिङ

'वर्तमान सरकार आयोगहरूले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ'

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Government will discuss implementation of Constitutional Commission's recommendations: Minister Ghising

काठमाडौँ — संवैधानिक आयोगहरूले दिएका सुझाव तथा प्रतिवेदन कार्यान्वयनबारे सरकारले छलफल गर्ने ऊर्जा, सहरी विकासमन्त्री कुलमान घिसिङले बताएका छन् ।

संवैधानिक आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले हालसम्म कार्यान्वयन नभएका विषयमा छलफल गरिने बताएका हुन् । 

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले संवैधानिक आयोगका सुझाव कार्यान्वयन सम्बन्धमा सरकार प्रतिबद्ध रहेको जनाएका हुन् । उनले भने, ‘अहिलेको वर्तमान सरकार आयोगलहरूले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन-कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरूमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’

संवैधानिक आयोगका ९० प्रतिशत सुझाव सरकारले कार्यान्वयन नगरेको गुनासो आएको पनि मन्त्री घिसिङले बताए । संवैधानिक आयोगका सुझाव र प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीसँग कुरा गर्ने पनि उनले बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully