कांग्रेस बैठक नै नबसी स्थगित

संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछाडि वैशाखमा कार्यतालिका ल्याउनुर्ने अडान लिएको थियो ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Congress meeting adjourned without even sitting down

काठमाडौँ — नियमित महाधिवेशनको कार्यतालिकाले विवाद नमिलेपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ ।

नियमित महाधिवेशनको कार्यतालिका विवादलाई अनौपचारिक तहमा मिलाएर आइतबार बैठक बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । 

कार्यवाहक सभापति पुर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बिहानको बैठकमा समझदारी नभएपछि सबै नेता सानेपा पुगेका थिए । 

सानेपामा आ-आफ्नो समूहको छलफलपछि पनि अनौपचारिक कुराकानी भएको थियो । तर, संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछाडि वैशाखमा कार्यतालिका ल्याउनुर्ने अडान लिएको थियो ।

महामन्त्रीद्वय थापा र शर्माले पुस १६ को बटम लाइन लिएका छन् । थापाले पुस २६ को कार्यतालिका बैठकबाट प्रस्तुत गरेमा संस्थापन पक्षले काउन्टरमा वैशाखको कार्यतालिका ल्याउने तयारी गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully