चितवनमा बस दुर्घटना, ३३ जना घाइते 

घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Bus accident in Chitwan, 33 injured

काठमाडौँ — शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै  गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको  डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।

त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको  बा .प्र.०३०० ख ३९०२ नम्बरको  रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

 बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको  उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २:५५ बजेबाट सडक एकतर्फी सञ्चालन  गराइएको छ ।

कान्तिपुर

Link copied successfully