तिलिचो बेस क्याम्पमा अलपत्र पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी परिचालन

दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका छन् ।

कार्तिक १४, २०८२

रासस

Armed Police mobilized to rescue stranded tourists at Tilicho Base Camp

काठमाडौँ — मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । 

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ पर्यकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका छन् ।

पर्यटक अलपत्र परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको छ । सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने छ । 

रासस

Link copied successfully