घूससहित पक्राउ परेका वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीमा ठेकेदारबाट घुस लिएको पुष्टि भएपछि अख्तियारले कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Corruption case against senior accounting officer Karki, who was arrested with a bribe

दैलेख — सेवाग्राहीबाट एक लाख रुपैयाँ घूससहित पक्राउ परेका दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं) टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा ठेकेदारबाट घूस लिएको आरोपमा असोज ३ गते अख्तियारले कार्कीलाई घूससहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रतिवादी कार्कीले 'पालिकाको १ देखि ५ वडासम्म पर्ने जर्सीचोक–देउलीजडी हुँदै जाने पालिका सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने लगायतका बहानामा घूस लिएको' तथ्य अनुसन्धानबाट पुष्टि भएको विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

कान्तिपुर

Link copied successfully