बैठकमा भित्र जान नपाएका जेन–जीहरु बाहिर बसेर होहल्ला गरेका छन् । बाहिरै रहनेमध्ये केही घाइते जेन–जीसमेत रहेका छन् ।
काठमाडौँ — बालुवाटारमा सरकार र राजनीतिक दलसहितको निर्वाचन केन्द्रित बैठकमा विभिन्न समूहका जेन–जीबीच बैठक जारी छ । तर बैठकमा भित्र जान नपाएका जेन–जीहरु बाहिरै बसेर होहल्ला गरेका छन् । बाहिरै रहनेमध्ये केही घाइते जेन–जी समेत रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, बैठकमा आमन्त्रण गरिएका जेन–जी अगुवामा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ छन् ।
त्यस्तै, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन राना मगर छन् । दलहरुका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत, माओवादीबाट वर्षामान पुन सहभागी छन् ।
त्यस्तै, नेकपा एमालेबाट महेश वर्तौला र क्षितिज थेबे सहभागी हुँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी छन् ।
