एमालेबाट विद्रोह गर्नु ठीक थियो भनेर जेन-जी आन्दोलनले पनि पुष्टि गरिदिएको छ : माधवकुमार नेपाल 

उनले केपी शर्मा ओलीबारे टिप्पणी गर्नु पनि आवश्यक नरहेको बताउँदै एमालेबाट विद्रोह गर्नु ठीक थियो भनेर जेन-जी आन्दोलनले पनि पुष्टि गरिदिएको बताएका छन्।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

The Gen-G movement has also confirmed that it was right to rebel from the UML: Madhav Kumar Nepal

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेन-जी आन्दोलनपछि देशको परिस्थिति बदलिएको बताउँदै त्यसले सत्तामा बसेका अहंकारी प्रधानमन्त्रीलाई सत्ताच्यूत गरेको बताएका छन् ।

उनले केपी शर्मा ओलीबारे टिप्पणी गर्नु पनि आवश्यक नरहेको बताउँदै एमालेबाट विद्रोह गर्नु ठीक थियो भनेर जेन-जी आन्दोलनले पनि पुष्टि गरिदिएको बताएका छन्। सुकेधारामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् । 

केपी ओलीका सामु लम्पसार र आत्मसमर्पण गर्न अस्वीकार गरेर आफूहरुले त्यो प्रवृत्तिकाविरुद्ध जुध्न तयार भएर दल खोलेको तर्क गरे । उनले दल खोलेर ठीक कदम चालेको बताउँदै चुनौतीहरु आए त्यसको सामना गर्नुपर्ने बताए । 

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले ‘आगामी निर्वाचन’ वामपन्थी दलहरूसँग पार्टी एकता र अन्य विषयमा केन्द्रीय कमिटीको बैठक छलफल हुने बताएका छन् ।

कान्तिपुर

Link copied successfully