धौलागिरि सर्किटबाट मुस्ताङ जाँदै गरेका पर्यटक उद्धार गर्न खटिए सुरक्षाकर्मी

मुस्ताङ र म्याग्दीको सिमानामा फसेका ३ जना स्वदेशी र १२ जना विदेशी पर्यटक गरी १५ जनाको उद्धारको पहल भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Security personnel deployed to rescue tourists heading to Mustang from Dhaulagiri Circuit

काठमाडौँ — हिमपातको कारण म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ जाँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

मुस्ताङ र म्याग्दीको सिमानामा फसेका ३ जना स्वदेशी र १२ जना विदेशी पर्यटक गरी १५ जनाको उद्धारको पहल भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ट्राभल्स एजेन्सीद्वारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात उद्धारका लागि सुरक्षा संयन्त्र परिचालित भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनका अनुसार, पर्यटक फसेको ठाउँमा पुग्दा सदरमुकामदेखि एकदिन पैदलयात्रा गर्नुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully