बालुवाटार बैठकमा सागर ढकालले भने– ‘प्रविधिमैत्री चुनाव गराऔं’

बालुवाटार बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘काठमाडौंमा भोजपुर, ताप्लेजुङका मतदाता हुनुहुन्छ, उहाँहरु मतदान गर्न त्यहाँ कसरी जाने ? त्यहाँ लैजाने कुराबाटै भ्रष्टाचार सुरु हुन्छ ।’

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Sagar Dhakal said at the Baluwatar meeting – 'Let's hold technology-friendly elections'

काठमाडौँ — बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेन–जीबीचको बैठकमा सागर ढकालले अबको चुनाव प्रविधिमैत्री हिसाबले हुनुपर्ने बताएका छन् ।

विदेश र स्वदेशमै पनि अन्य जिल्लामा रहेकालाई समेत मतदानको अधिकार दिनुपर्ने भन्दै उनले अबको निर्वाचन सुधारिएको निर्वाचन गर्नुपर्छ भन्ने मत राखेको बताए । 

बालुवाटार बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘काठमाडौंमा भोजपुर, ताप्लेजुङका मतदाता हुनुहुन्छ, उहाँहरु मतदान गर्न त्यहाँ कसरी जाने ? त्यहाँ लैजाने कुराबाटै भ्रष्टाचार सुरु हुन्छ ।’ 

हालै बंगलादेशमासमेत विदेशमा भएकालाई भोट हाल्ने व्यवस्था गर्ने विषयमा छलफल भएको भन्दै आफूले ‘आई भोटिङ’, ‘आईबीएम भोटिङ’ लगायतबारे रिपोर्टसमेत बनाएको बताए । ‘त्यसमा राजनीतिक दललाई जेन–जीलेसमेत प्रविधि एडप्ट गरेर आन्दोलन गरेको उल्लेख गर्दै चुनाव पनि प्रविधिमैत्री हुनुपर्छ भन्यौं,’ ढकालले भने । 

यद्यपि, विभिन्न चरणमा थप छलफल हुँदै जाने उनले बताए । ‘वार्तामा हुनु भएकामध्ये ९० प्रतिशत चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्थ्यो, केहीले चाहिँ चुनाव हुनु हुँदैन भन्नुभयो,’ उनले थपे ।

कान्तिपुर संवाददाता

Link copied successfully