आन्दोलनमा सरकारी अस्पतालका नर्सको पनि ऐक्यबद्धता

पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालका नर्सले चर्काएको आन्दोलनको प्रभाव देशभर परेको छ ।

कार्तिक १२, २०८२

अनुप पौडेल

Government hospital nurses also join the protest

What you should know

कास्की — निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाका नर्सले पारिश्रमिकमा असन्तुष्टि जनाउँदै जारी राखेको आन्दोलनमा सरकारी अस्पतालका नर्सले पनि ऐक्यबद्धता जनाएका छन् । 

पोखरा-१२ रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सले बुधबार बिहान १० देखि १२ बजेसम्म इमर्जेन्सी र आईसीयूबाहेकका सेवा बन्द गरेका हुन् । काम छोडेर करिब २ सयको संख्यामा नर्सहरू अस्पताल प्रांगणमा भेला भए । 

पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालका नर्सले चर्काएको आन्दोलनको प्रभाव देशभर परेको छ । नेपाल नर्सिङ संघले अपनत्व लिएर माग पूरा गर्न सरकारलाई कात्तिक १८ सम्मको समयसीमा दिएका छन् । 

Government hospital nurses also join the protestसंघले बुधबारदेखि कात्तिक १८ सम्म हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अत्यावश्यकबाहेक सेवा बन्द गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसैअनुसार देशभरका विभिन्न अस्पतालका नर्सले आज दुई घण्टा काम छोडेका छन् । 

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सले सरकारीसरह सेवासुविधा माग गर्दै आन्दोलन गर्दै आएका छन् । नर्सले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताइरहँदा अस्पताल सञ्चालक सरकारीसरह पारिश्रमिक दिन तयार भएका छैनन् । 

नर्सका मागको विषयमा अध्ययन गर्न सरकारले एउटा उच्चस्तरीय समिति गठन गरेको छ ।

उक्त समितिले सात वटै प्रदेशमा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । ती कार्यदललाई सम्बन्धित ठाउँको अवस्था बुझ्न, सहजीकरण गर्न र दीर्घकालीन समाधानका उपाय संलग्न गरेर प्रतिवेदन बुझाउन सुझाव दिइएको छ । नर्सहरूले कात्तिक १८ सम्म माग पूरा नभए सेवा छोड्ने चेतावनी दिएका छन् । 

अनुप पौडेल

Link copied successfully