लोबुचेमा हेलिकप्टर दुर्घटनापछि लुक्लाबाट रामेछाप र काठमाडौंका लागि उडान रोकियो

क्याप्टेन खड्काले भने : म ठीक छु, अस्पताल जानु पर्दैन

कार्तिक १२, २०८२

सुरज कुँवर

Flights from Lukla to Ramechhap and Kathmandu suspended after helicopter crash in Lobuche

काठमाडौँ — लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेपछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ । अल्टिच्युडको हेलिकोप्टर दुर्घटनापछि दुई वटा उद्धार उडान भएका थिए ।

‘अहिले नौ बजे यहाँको मौसम खुल्ने र खराब हुने भइरहेको छ । त्यसैले मौसममा सुधार नआएसम्मका लागि उडान रोकेका छौँ । मौसममा सुधार आएलगत्तै नियमित उडान र हेलिकोप्टर चार्टर उडान सुरु हुने छन,’ विमानस्थलप्रमुख जेनिश राजभण्डारीले कान्तिपुरसँग भने ।

क्याप्टेन खड्काले भने : म ठीक छु, अस्पताल जानु पर्दैन

विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार, अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेन विवेक खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याइसकेको छ ।

‘क्याप्टेन विवेक खड्का लुक्ला आइपुग्नु भएको छ । उहाँ हेलिप्याडमा हिँडिरहनु भएको छ । अस्पताल जानु पर्दैन भन्नु भएको छ । उहाँको स्वास्थ्य ठीक छ,’ विमानस्थल प्रमुख राजभण्डारीले भने । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully