प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानन्यायाधीशसहितको संवैधानिक इजलास गठन 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार इजलास तोकेका छन् । संवैधानिक इजलासमा राउतसँगै सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलास तोकिएको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Constitutional bench including Chief Justice formed to oppose dissolution of House of Representatives

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर १६ वटा रिट निवेदनमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

जेन-जी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार इजलास तोकेका छन् । संवैधानिक इजलासमा राउतसँगै सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलास तोकिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully