चुनावबारे एमालेबाहेक सबै पार्टीको एउटै धारणा आयो : खेमराज साउद

आजको त्रिपक्षीय बैठकमा जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै लानुपर्छ भन्नेमा अरु पार्टीले पनि सहयोग गर्ने बताएको तर एमालेबाट संसद् पुन:स्थापना गर्नुपर्छ भन्ने खालको कुरा आएको बैठकमा सहभागी एक जेन–जी समूहका खेमराज साउदले बताएका हुन् ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

All parties except UML have the same opinion on the election: Khemraj Saud

काठमाडौँ — जेन–जी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने मध्येका एक खेमराज साउदले बालुवाटारमा भएको बैठकमा चुनावमा सहभागी हुन सबै दलहरुलाई आग्रह गरिएको बताएका छन् ।

‘जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै लानुपर्छ भन्नेमा अरु पार्टीले पनि सहयोग गर्ने भनेका छन्, त्यसमा एमालेकोचाहिँ फरक धारणा आएको थियो,’ उनले भने, ‘संसद् पुन:स्थापना गर्नुपर्छ भन्ने खालको कुरा आएको थियो र हामीले त्यो हुनु हुँदैन भन्यौं ।’

साउदले फरक परिस्थितिमा देशमा चुनाव गरेर नयाँ सरकार बनाउन सबै एकमत रहेकोसमेत बताए । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बिहीबार बेलुकी सरकार, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय छलफल भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully