नेकपाले गत वर्ष नै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ — दल दर्ताका लागि निर्वाचन आयोग पुगेका कम्युनिष्ट पार्टी नेपाल (नेकपा) का प्रवक्ता खड़ग बहादुर विश्वकर्माले देश र जनताको मुक्तिका लागि निर्वाचनम होमिने निर्णय गरेको बताएका छन् ।
निर्वाचनमा भाग लिनका लागि गत वर्ष नै पार्टी दर्ता गर्ने निर्णय गरेको बताउँदै उनले भने, 'देश र जनताको मुक्तिका लागि निर्वाचनमा भाग लिने निर्णय गरेका हौं।'
उनीहरुले दर्ताका लागि पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखेका छन् ।यही नाममा अरु कुनै पार्टी दर्ता भएको खन्डमा कोष्ठमा केही शब्द थपिने सम्भावना रहेको पार्टीका एक नेताले बताए ।
सम्बन्धित समाचार
माओवादी अध्यक्ष दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताका विषयमा छलफल
