केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
काठमाडौँ — प्रहरीले नेकपा एमालेका पूर्वसांसद् देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन प्रभु समूहका अध्यक्षसमेत हुन् ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको सीआईबीका एक अधिकृतले बताए ।
भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।
११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो । अहिले सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएको ती अधिकृतले बताए ।
