जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको सूचनामा जेन–जीका ६ जना घाइतेको लिष्टमा मृतक दीपक सिंह साउदको नाम पनि उल्लेख छ । गृह मन्त्रालयले उपलब्ध गराएको सूची अनुसार जिल्ला प्रशासन कार्यालय बैतडीले पनि मृतक दीपकको नाम उल्लेख गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम गौतमले बताए ।
What you should know
बैतडी — गत भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलन र प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भइ उपचारका क्रममा मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका– २ का दीपक सिंह साउदलाई गृह मन्त्रालयले भने घाइतेको सूचीमै राखेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको असोज २० को पत्रमार्फत बैतडी जिल्लामा स्थायी बसोबास भएका ६ जना जेन–जी आन्दोलनमा घाइते भएका व्यक्तिलाई घाइते परिचयपत्र लिनका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको सूचनामा जेन–जीका ६ जना घाइतेको लिष्टमा मृतक दीपक सिंह साउदको नाम पनि उल्लेख छ । गृह मन्त्रालयले उपलब्ध गराएको सूची अनुसार जिल्ला प्रशासन कार्यालय बैतडीले पनि मृतक दीपकको नाम उल्लेख गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम गौतमले बताए ।
‘यो घाइतेको लिस्टका परेका दीपकको मृत्यु भएर उनको परिवारले सरकारले उपलब्ध गराउने भनेको आर्थिक सहायताबापतको १५ लाख रुपैयाा समेत पाइसकेका छन्,’ उनले भने, ‘यो सूचना अनुसार घाइते सम्पर्कमा आउाछन, मृतक आउँदैनन् ।’ घाइते व्यक्ति यकिन गरेर मात्र घाइते परिचयपत्र दिइने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको घाइतेको सूचीमा रहेका दीपक शिवनाथ गाउँपालिका– २ कै जेन–जी आन्दोलनमा गोली लागेर गम्भीर घाइते भई मृत्यु भएका दीपक रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले बताए ।
एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा डेरा गरी कोरिया जाने तयारी गरिरहेका दीपक भदौ २४ मा भएको जेन–जी प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले प्रकाशित गरेको जेन–जी आन्दोलनमा घाइते भएकालाई घाइते परिचयपत्र वितरण गर्ने सूचनामा बैतडीकै मनीष ठगुन्ना, हरिश भुल, बासु पूजरा, लक्ष्मण भण्डारी र हरिकृष्ण भण्डारी रहेका छन् ।
