उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार देउवा दम्पतीको यात्राबारे अनौपचारिक रूपमा जानकारी आए पनि उनीहरूले भीआईपी सुविधा प्रयोग गर्ने छैनन् ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Deuba couple heading to Singapore for treatment

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जाने भएका छन् । देउवानिकट स्रोतका अनुसार उनीहरूका उपचारका लागि आज राति ११:२० मा सिंगापुर एयरलाइन्सको जहाजमार्फत जान लागेका हुन् । 

देउवा दम्पतीले आफूहरूको यात्राबारे पार्टीलाई औपचारिक रूपमा जानकारी गराएका छैनन्। अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट केही नेताहरूलाई उपचारका लागि जान लागेको बताएका थिए ।

विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार देउवा दम्पतीको यात्राबारे अनौपचारिक रूपमा जानकारी आए पनि उनीहरूले भीआईपी सुविधा प्रयोग गर्ने छैनन् । 

Deuba couple heading to Singapore for treatment

जेन-जी प्रदर्शनका क्रममा भएको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए ।

कार्यकारी भूमिकाबाट देउवाको बिदाइ

देउवा दम्पतीका ती ८ घन्टा

कान्तिपुर संवाददाता

Link copied successfully