५ एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस

जेन–जी आन्दोलनको बेला काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटे

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

5 SSPs recommended for promotion to DIG

काठमाडौँ — गृह मन्त्रालयले पाँच जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समिति सचिवालयको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँमा अभिनारायण काफ्ले रहेका छन् ।

तर गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआइजी पदमा बढुवा सिफारिसमा छुटेका छन् ।

एसएसपीबाट डीआइजीमा बढुवा सिफारिस गर्ने सूचीमा अधिकारीको नाम नपरेको हो । उनी बढुवा दाबेदारमध्ये अग्रस्थानमा रहेका प्रहरी अधिकृत मानिन्थे ।

२०७८ वैशाख २४ गते भएको एसएसपी बढुवामा पनि अधिकारी पहिलो नम्बरमा थिए ।

अधिकारी छुटेपछि पाँच जना एसएसपीलाई डीआईजीका लागि सिफारिस गरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully