नेपाल प्रहरीका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबारको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Five SSPs of Nepal Police recommended for promotion to DIG

काठमाडौँ — नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबारको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभि नारायण काफ्ले छन् ।

उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully