जेनजी युनाइटेडका ५० जना माइतीघरबाट पक्राउ

बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

50 members of Genji United arrested from their homes

काठमाडौँ — स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ । 

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि  नियन्त्रणमा लिएको हो । 

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । यो समूहले दुई दिनयता प्रदर्शन गर्दै आएको थियो ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए ।  प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको उनको भनाइ छ । 'हामी जेनजी एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौं, दिइएन,' उनले भने ।

कान्तिपुर

Link copied successfully