सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कार्तिक ६, २०८२

भानुभक्त निरौला

Jeep accident in Solukhumbu: 3 dead, 6 injured

सोलुखुम्बु — सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजेति रमाप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकोमाप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए ।

दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईले बताए । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए ।  मृतकहरूको सनाखत भएको छैन ।  चालकसहित  ६ जना घाइते भएको अध्यक्ष राईले बताए । 

रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

भानुभक्त

Link copied successfully