सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न नर्सिङ संघको माग

संघका अनुसार नेपाल सरकारले २०८१ साल मंसिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् ।

कार्तिक ५, २०८२

कान्तिपुर संवाददाता

Nursing Association demands implementation of government-set wages

काठमाडौँ — पाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो । 

संघका अनुसार नेपाल सरकारले २०८१ साल मंसिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् । 

स्वास्थ्य क्षेत्रमा पाँचौँ तहको तलबमान ३४ हजार रुपैयाँसम्म भए पनि आफूहरूले १५ हजार तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

संघले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ । 

कान्तिपुर

Link copied successfully