छठपछि वामपन्थी एकताको नयाँ ध्रुवीकरण देख्न सकिन्छ : दाहाल

तोकिएको समयमा निर्वाचन हुनुपर्ने भन्दै उनले सरकारले गम्भीरतापूर्वक निर्वाचनको वातावरण बनाउनु पर्ने सुझाव दिए ।

कार्तिक ५, २०८२

कमलेश ठाकुर

New polarization of leftist unity can be seen after Chhath: Dahal

जनकपुरधाम — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छठपछि वामपन्थी एकताको नयाँ ध्रुवीकरण देख्न सकिने बताएका छन् ।

बुधबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले समाजवादी मोर्चामा भएका पार्टीहरु एकताको चरणमा पुगेको बताएका हुन् । ‘वामपन्थी एकता र ध्रुवीकरणको सर्न्दभमा समाजवादी मोर्चामा भएका पार्टीहरु एकताको चरणमा पुगेको छाैं,’ उनले भने,‘छठपछि तपाईहरु नयाँ एकता देख्न सक्नुहुन्छ ।’

तोकिएको समयमा निर्वाचन हुनु पर्ने भन्दै उनले सरकारले गम्भीरतापूर्वक निर्वाचनको वातावरण बनाउनु पर्ने सुझाव दिए । ‘हिजोको बैठकले सरकार निर्वाचन तर्फ गएको अभास मिलेको तर अझै पनि निर्वाचनको वातावरण बनेको छैन्,’ उनले भने ।

अन्तिरम सरकारले निर्वाचन घोषणा गरिसकेपछि सवैभन्दा पहिले निर्वाचन गराउनु पर्छ भन्ने निर्णय र जेन–जी आन्दोलनपछि मधेशमा आएर कार्यक्रम गर्ने पहिलो पार्टी पनि माओवादी केन्द्र नै भएको दाहालले दाबी गरे । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully