चुनावको वातावरण बनाउन मन्त्री र सुरक्षा निकाय अहोरात्र खटिएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।
मंगलबार राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार चुनावको वातावरण बनाउनका लागि मन्त्रीहरू अहोरात्र खटिइरहेको कुरा दलका प्रतिनिधिलाई जानकारी गराइएको छ । 'अहोरात्र खटिएर मन्त्री, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ,' कार्कीले भनेकी थिइन् ।
सरकार गठनपछि घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नमा समय खर्च भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
