राष्ट्रिय सम्मानसाथ विपिनको अन्त्येष्टि

मंगलबार बिहान घरबाट हजाराैंकाे सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएकाे थियाे ।

कार्तिक ४, २०८२

भवानी भट्ट

Bipin's funeral with national honors

काठमाडौँ — हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक विपिन जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे छ ।

भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए । 
Bipin's funeral with national honors

इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म ल्याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका-३ स्थित घरमा ल्याइएको थियो । मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो । 

शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी भएका छन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully