प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै

राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्‌मा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी हुने सचिवालयले जनाएकाे छ ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

16 leaders from various parties participating in discussions with the Prime Minister

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लक्षित छलफलका विभिन्न राजनीतिक दलका १‍६ जना नेता सहभागी हुने निश्चित भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई जना पर्यवेक्षकको रुपमा सहभागी हुने भएका छन् ।

पर्यवेक्षकद्वयको रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी हुन लागेका हुन् । 

राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्‌मा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी हुने सचिवालयले जनाएकाे छ । 

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत सहभागी हुने भएका छन् ।  त्यस्तै, नेकपा एमालेबाट उपाध्याक्ष शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली सहभागी हुने भएका छन् । माओवादीबाट उपमहासिचव वर्षमान पुन र नेता पम्फा भुसाल सहभागी हुने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, सोबिता गौतम सहभागी हुने छन् । राप्रपाबाट राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, जनता समाजवादी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी सहभगी हुँदै छन् । नागरिक उन्मुक्ति पार्टीबाट रेशम चाैधरी र नेताहरु सर्वेन्द्रनाथ शुक्ल, प्रेम सुवाल, चन्दन सिंह सहभागी हुने छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully