बानेश्वर वृत्तका प्रहरीलाई बागमती खोलामा लखेट्ने पक्राउ

पक्राउ पर्नेमा दोलखा स्थायी घर भइ काठमाडौं–३२ बस्दै आएका गौतम घिसिङ रहेका छन् । उनी बैंकिङ कसूर सम्बन्धी मुद्दाका फरार अभियुक्तसमेत भएको प्रहरीले जानकारी दिएको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Baneshwor Circle police officer arrested for chasing him into Bagmati River

काठमाडौँ — जेन– आन्दोलनपछि २४ भदौमा उत्पन्न परिस्थितिमा प्रहरीलाई खोलैखोला लखेटेको आरोपमा एक ना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा स्थायी घर भइ काठमाडौं–३२ बस्दै आएका गौतम घिसिङ छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, उनी बैंकिङ कसूर सम्बन्धी मुद्दाका फरार अभियुक्तसमेत हुन् । उनीसहितको समूहले प्रहरी वृत्त, बानेश्वरका प्रहरी अधिकारीलाई खोलैखोला लखेटेको थियो । प्रहरीका अनुसार, त्यसदिन एउटा समूहले प्रहरीको हतियार समेत खोसेका थिए ।

त्यो दिनको भिडियो हेरेर अनुसन्धान गर्ने क्रममा पक्राउ परेपछि प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालेको छ । अनुसन्धानका लागि घिसिङलाई कम्तीमा ८ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ । 

कान्तिपुर

Link copied successfully