पाहुनाको पाहुर थरीथरीका झिनियाँ

चामलकाे पिठाेबाट बनाइने झिनियाँ प्राकृतिक रुपमा घाममा सुकाएर तेलमा फुराउनका लागि तयार गरिन्छ ।

कार्तिक १, २०८२

सन्तोष महतारा

The guest's table is filled with various kinds of dishes.

What you should know

गुल्मी — नेवार समुदायमा मात्रै सीमित तिहारको परिकार झिनियाँ वा झिलिङ्गा रोटी पछिल्लाे समय अन्य समुदायका भान्सामा पनि पाक्न थालेको छ । मुख्यतयाः दसैंतिहारमा बिक्री हुने झिनियाँ रोटी अहिले प्रायः सबै चाडपर्वमा पाहुनाको पाहुर बन्न थालेको छ ।

रेसुंगा नगरपालिका–८ भगवती मन्दिरकी यमकुमारी श्रेष्ठले तम्घासमा २०५९ मा व्यावसायिक तरिकाले झिनियाँ रोटी भित्र्याएकी थिइन् । त्यसअघि यहाँका केही घरमा मात्रै तयार गरिने झिनियाँ उनले व्यापारिक रुपमा बजारमा ल्याएकी थिइन् । कम लगानीमा सुरु गर्न सकिने झिनियाँ रोटीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । 

चामलकाे पिठाेबाट बनाइने झिनियाँ प्राकृतिक रुपमा घाममा सुकाएर तेलमा फुराउनका लागि तयार गरिन्छ । मुख्यगरी बैशाख, जेठ, भदौ, असोज र कात्तिक महिनामा झिनियाँ तयार राम्रो सिजन हुने यमकुमारी बताउँछिन् । आकाश खुला हुँदा तयार गर्न सकिने झिनियाँ यसवर्ष १ हजार ३ सय दर्जन बढी तयार गरेको यमकुमारीले बताइन् । झिनियाँ बिभिन्न र‌ंगमा बनाइन्छ । 

उनलाई झिनियाँ तयार गर्न श्रीमान् रुपेश श्रेष्ठसहित छोराछोरीले समेत सघाइरहेका हुन्छन् । पहिले तिहारमा मात्रै सीमित हुने झिनियाँ रोटी अहिले सबै चाडपर्वमा बिक्री हुने गरेको यमकुमारीले बताइन् । ‘अहिले वर्षभर सबै चाडपर्वमा थोरैधेरै माग भएकै हुन्छ,’ उनले भनिन्, ‘तिहारमा सीमित झिनियाँ अहिले पाहुनाको पाहुर बनिरहेको छ ।’

अघिपघि पनि खाजाका रुपमा झिनियाँ प्रयोग गर्न थलिएको उनले बताइन् । वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्ने उनले जम्मा ५० प्रतिशत मात्रै लगानी हुने गरेको बताइन् । झिनियाँ तयार गर्न धेरै मेहनत हुने गरेको उनको भनाइ छ । हालसम्म हाते मेसिन झिनियाँ बनाउन साँचो आफैं चलाएर तयार गर्नुपर्ने र घामकै भरमा सुकाएर तयार गर्नुपर्ने हुँदा प्रक्रिया झन्झिटलो भएको उनले बताएकी छिन् । 

उनले तयार गरेको झिनियाँ रोटी तम्घाससहित गुल्मीकै वीरवास, बलिथुम र अर्घाखाँचीका विभिन्न ठाउँमा पुग्ने गरेको छ । झिनियाँ प्रतिदर्जन होलसेलमा आकार अनुसार १ सय रुपैयाँदेखि १ सय ४० सम्म पर्ने गरेको उनले बताइन् । 

The guest's table is filled with various kinds of dishes.

उत्पादन भन्दा दोब्बर माग भइरहेकोले झिनियाँ तयार गर्नेहरुले बताउँछन् । मौसमका कारणले उत्पादन कम भएकाले बजारमा माग दोब्बर रहेको यमकुमारीले बताइन् । ‘गुजारा चलाउने केही माध्यम नभएर झिनियाँ बनाए भइहाल्छ,’ उनले भनिन्, ‘झिनियाँ तयार गर्ने हो भने यसबाट राम्रै आम्दानी हुन्छ । बजारकाे समस्या छैन ।’ झिनियाँ रोटी बनाउन परिश्रम बढी लाग्ने गरे पनि लगानी भने सामान्य हुने गरेको उनले सुनाइन् । 

रेसुंगा नगरपालिका–२ पुतलीबजारकी समिक्षा श्रेष्ठले यसवर्ष चार लाख रुपैयाँ बराबरका झिनियाँ बजार पुर्‍याउन तयार गरेकी छिन् । उनले फागुन र चैत अनि तिहारमा तयार गरेका झिनियाँ अहिले बिक्रीका लागि भ्याईनभ्याइ छ । डेढ लाख रुपैयाँको लगानी हुने गरेको र जसमा तीन जना खट्ने गरेको समिक्षाले बताइन् ।  
समिक्षाले पनि बुटवलसम्म पठाउने गरेको र छिमेकी जिल्ला अर्घाखाँचीसहित गुल्मी तम्घास आसफासमा बिक्री हुने गरेको बताइन् । तिहारमा बढी बेचिने भए पनि अघिपछिका चाडपर्वमा पनि निकै बजार पाउने गरेको उनले बताइन् । 

The guest's table is filled with various kinds of dishes.

दसैंतिहारमा मात्रै उपयाेग गरिने झिनियाँ पछिल्लो समय सानातिना चाडपर्वमा पनि पाहुनाले पाहुरका रुपमा लैजाने गरेको रेसुंगा नगरपालिका–८ का व्यवसायी रुपेश श्रेष्ठले बताए । ‘पहिले नेवार समुदाय र तिहारमा मात्रै सीमित थियो,’ उनले भने, ‘पछिल्लो समय सबै चाडपर्वमा यसको माग बढेको छ ।’

उनले अहिलेसम्म आउँदा पनि झिनियाँ रोटी बनाउने तरिका भने आधुनिक बन्न नसकेको बताए । परम्परागत र प्राकृतिक रुपमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताउँछन् । अत्याधिुनिक मेसिन तयार गरेर झिनियाँलाई ठूलो माक्रामा बजारमा सस्तो मूल्यदरमा बित्री गर्न सकिने उनको भनाइ छ । 

नेवारी भाषामा झिनियाँ रोटीलाई कसिनकमारी भनिन्छ । गुल्मीको तम्घास, वामीटक्सार, बलेटक्सार, मजुवा, शान्पिुर, खर्ज्याङ, मानकोट र रिडीलगायतका ठाउँमा व्यवसायिक रुपमा झिनियाँ तयार गरेर बिक्री गरिन्छ । 

यसरी बनाइन्छ झिनियाँ
सुरूमा चामललाई पिसेर पिठो बनाउने । पिठोलाई पानीमा पकाउने । पिठो  पकाउने समयमा कुन रङको बनाउने हो, त्यही रङ प्रयोग गर्ने । पिठो पाकेर ठोस बन्छ । त्यसलाई सानोसानो दानाको रूपमा तयार पार्ने । हाते मेसिनमा तयार भएको दाना राख्ने । त्यसपछि मेसिनलाई एउटा हातले चलाउने अर्को हातले मेसिन तल कुनै भाँडो थाप्ने ।

झिनियाँलाई आकार दिन भाँडोलाई बिस्तारै घुमाउने । तयार भएको झिनियाँलाई अर्को भाँडोमा राख्ने र कम्तीमा ३ घण्टा घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ । झिनियाँलाई तेलमा फुराउने ।  

सन्तोष

Link copied successfully