अध्यक्ष ओलीले चुनावमा जान नहुने भन्दै गरेको प्रस्तावमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका हुन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावमा जान नहुने भन्ने प्रस्तावमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका छन् ।
केन्द्रीय कमिटी बैठकको अन्त्यमा बोल्दै ओलीले चुनावमा जान नहुने बताएका थिए । त्यसपछि ज्ञवाली र शाक्यले प्रतिवाद गरेका हुन् ।
केन्द्रीय कमिटीमा प्रतिनिधिसभा पुन:स्थापना नभए चुनावको तयारी गर्नुपर्ने केन्द्रीय सदस्यहरुको सुझाव थियो ।
