महामन्त्री थापाले गरे १५ औं महाधिवेशनको कार्यतालिका पेस

कांग्रेसको चौधौ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यमसमितिको ४ वर्षे कार्यकाल मंसिर मसान्तमा सकिदैछ ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

General Secretary Thapa presents the agenda of the 15th General Convention

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन् ।

कांग्रेसको चौधौ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यमसमितिको ४ वर्षे कार्यकाल मंसिर मसान्तमा सकिदैछ ।

महामन्त्री थापाले महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा जानेछ । 

मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको पृष्ठभूमीमा थापाले यस्तो प्रस्ताव पेश गरेका हुन् । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कडा आलोचना गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully