प्रहरीलाई मजबुद नबनाई निर्वाचन सम्भव छैन : गृहमन्त्री अर्याल

उनले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि श्रोत साधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताए।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Elections not possible without strengthening the police: Home Minister Aryal

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीबिना आउँदो निर्वाचन असम्भव रहेको बताएका छन्। उनले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि श्रोत साधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताए।

शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै समाजको हरेक घटनामा प्रहरीले अग्रभागमा रहर सुरक्षा दिँदै आएको बताए।

त्यहीकारण जेन-जी आन्दोलनमा प्रहरीमाथि आक्रमण भएको र ठुलो क्षति ब्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 'प्रहरी अग्रपंक्तिमा भएका कारण प्रहरीलाई धेरै क्षति पुगेको छ,' मन्त्री अर्यालले भने, 'नेपाल प्रहरी र उनीहरूको स्रोत साधन नभए निर्वाचन समेत असम्भव छ।'

उनले यस विषयमा गम्भीरताका साथ सरकारले सोचेको र प्रहरीलाई स्रोतसधानका लागि आफूहरूले काम गर्ने बताए। जेन-जी प्रर्दशनसंगै बाढीपहिरोमा केही दिनअघि प्रहरीले निर्वाह गरेको भुमिकाको समेत उनले प्रशंसा गरे।

उनले अबका दिनमा प्रहरीलाई प्रविधिमैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

कान्तिपुर

Link copied successfully