निर्वाचन आयोगले बोलायो राजनीतिक दलहरूलाई 

आज आयोगमा छलफल हुँदै 

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

The Election Commission has called on political parties

काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । 

आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई पहिलो चरणमा छलफलका लागि बोलाइएको छ ।

आयोगमा १ सय २४ राजनीतिक दल दर्ता छन् । पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगले जनाएको छ । २१ फागुनमा प्रतिनिधसभा निर्वाचन हुँदैछ ।

चुनाव तयारीका सन्दर्भमा आयोगले पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गर्दैछ । त्यस्तै, राष्ट्रियसभामा रिक्त हुने सदस्यहरुका लाग २० माघमा चुनाव हुने भएकाले त्यसबारे पनि आयोगल छलफलको एजेन्डा राखेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully