सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित ११ देशका राजदूत 

फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Government recalls ambassadors from 11 countries including China, US

काठमाडौँ — सरकारले चीनसहित विभिन्न ११ देशका राजदूत फिर्ता बोलाएको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार बैठकमा चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।

फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ । फिर्ता बोलाइएकामा चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमिल्सिना, कतार रमेशचन्द्र पौडेल, रुस जंगबहादुर चौहान, साउदी अरब नरेशविक्रम ढकाल, स्पेन सनिल नेपाल,  बेलायत चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापान दुर्गाबहादुर सुवेदी छन् ।

कान्तिपुर

Link copied successfully