राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल सुरु

बैठकमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमालेबाट गुरु बराल, माओवादीबाट देवप्रसाद गुरुङ, रास्वपाबाट कविन्द्र बुर्लाकोटी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे लगायत नेताहरू सहभागी छन्।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Election Commission begins discussions with political parties

काठमाडौँ — निर्वाचन आयोगमा राजनीतिक दलहरूसँगको छलफल सुरु भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो। केहीबेर अघिबाट छलफल चलिरहेको छ।

बैठकमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमालेबाट गुरु बराल, माओवादीबाट देवप्रसाद गुरुङ, रास्वपाबाट कविन्द्र बुर्लाकोटी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे लगायत नेताहरू सहभागी छन्। 

आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आयोगका अनुसार विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई पहिलो चरणमा छलफलका लागि बोलाइएको हो। आयोगमा १ सय २४ राजनीतिक दल दर्ता छन् ।

पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगले जनाएको छ । आगामी २१ फागुनमा प्रतिनिधसभा निर्वाचनको मिति तोकिएको छ। चुनाव तयारीका सन्दर्भमा आयोगले पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

त्यस्तै, राष्ट्रियसभामा रिक्त हुने सदस्यहरुका लाग २० माघमा चुनाव हुने भएकाले त्यसबारे पनि आयोगल छलफलको एजेन्डा राखेको छ ।

कान्तिपुर

Link copied successfully