निर्वाचन आयोग र दलहरूबीच छलफल सुरु, यी हुन् ६ एजेण्डा

आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ ।

आश्विन ३०, २०८२

राजेश मिश्र

Discussions between the Election Commission and parties have begun, these are the 6 agenda items

काठमाडौँ — निर्वाचन आयोग र राजनीतिक दलहरुबिचको बैठक सुरु भएको छ । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले २९ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ ।

आयोगको छलफलमा  कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमालेबाट उपाध्यक्ष गुरु बराल माओवादीबाट महासचिव देव गुरुङ रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी र एकिककृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन् । 

आयोगमा विभिन्न ६ विषयमा छलफल भइरहेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन निर्वाचन प्रयोजनका लागि दल दर्ता मतदाता नामावली मतदान स्थल र मतदान केन्द्र तथा राजनीतिक दलसँग आयोगले राखेको अपेक्षाका बिषयमा छलफल भइरहेको छ । आयोगले यस्तो छलफल दोस्रो पटक गरेको हो । 

सम्बन्धित समाचार 

२०७९ को निर्वाचनमा प्रयोग गरिएका स्रोतसाधनलाई आधार मानेर तयारी गर्दै आयोग

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully