कांग्रेस कार्यवाहक सभापति खड्काले भने- 'विशेष महाधिवेशन बोलाउनु पर्दैन'

नियमित महाधिवेशनमा कहिले र कुन मितिमा गर्ने भन्नेबारेमा भने उनले केही बताएनन् ।

आश्विन ३०, २०८२

कुलचन्द न्यौपाने

Congress Acting President Khadka said - 'There is no need to call a special general convention'

काठमाडौँ — कांग्रेसका कार्यवाहाक सभापति पुर्णबहादुर खड्काले विशेष महाधिवेशन नभएर नियमित महाधिवेशनमा नै जानुपर्ने धारणा राखेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गर्दै खड्काले पार्टीलाई एकताबद्ध भएर लैजानका लागि नियमित महाधिवेशनकै तयारीमा लाग्ने बताए । तर, कहिले र कुन मितिमा गर्ने भन्नेबारेमा भने उनले केही भनेनन ।

मंसिरभीत्रै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै बुधबार पार्टी केन्द्रीय कार्यलयमा करिव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित निवेदन दर्ता भएको छ । बैठकमा खड्कापछि महामन्त्री गगन थापाले धारणा राखेका थिए । थापाले मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा धारणा राखेका छन् । नियमित महाधिवेशन गर्ने बिषयमा सबै पक्षको एउटै धारणा रहेपनि कुन मितिमा गर्ने भन्ने सवालमा कांग्रेसमा दुई खाले धारणा छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन । थापाले केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिर अन्तिम साताबाट समाप्त हुने भएकाले कार्यकाल नबढाई महाधिवेशन गरिनुपर्ने अडान लिएका छन भने संस्थापनपक्षीय नेताहरुले फागुन २१ मा निर्वाचन घोषणा र तयारीको कारण देखाएर आगामी बैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने सुझाव दिइरहेका छन् । 

कुलचन्द

Link copied successfully