पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Order to send former speaker Mahara to prison for preliminary investigation

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो । जिल्लाको यो आदेशपछि महरा थुनामै बस्ने भएका छन् ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकार दिपक श्रेष्ठले जानकारी दिए । 

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बयान भएको थियो । बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर बुधबार थुनछेक बहस भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका नेता महरालाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसाथ जिल्ला अदालत पेस गरिएको थियो । 

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । ५ चैत  २०८०  उनी छुटेका थिए भने पुरक अनुसन्धानका लागि पक्राउ गरिएको थियो । 

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । उक्त प्रकरणमा महराका छोरासहित अन्य प्रतिवादीविरुद्ध यसअघि नै मुद्दा दायर भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully