काठमाडौंमा पक्राउ परेका श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू श्रीलंका डिपोर्ट

नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको थियो ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Sri Lanka Deports Sri Lankan Underground Gang Members Arrested in Kathmandu

What you should know

काठमाडौँ — श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ ।

श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । 

Sri Lanka Deports Sri Lankan Underground Gang Members Arrested in Kathmandu

नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको थियो । 

प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन् । उनीहरूमध्ये इसारा सेउबन्दी ७ फागुन २०८० मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन् ।

Sri Lanka Deports Sri Lankan Underground Gang Members Arrested in Kathmandu

उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी थियो । रेड नोटिस जारी भएका व्यक्तिहरू आफ्नो देशमा भए/नभएको बारे इन्टरपोलका सदस्य राष्ट्रहरूले खोजी गर्ने गर्छन् ।

Sri Lanka Deports Sri Lankan Underground Gang Members Arrested in Kathmandu

कहिलेकाहीँ रेड नोटिस जारी गराउने मुलुकको दूतावासले समेत चासो दिने गर्छ । ‘यो घटनामा पनि काठमाडौंस्थित श्रीलंकन दूतावासले चासो देखाएको थियो, त्यसपछि हामीले निगरानी थालेका थियौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘यो गिरोह समात्न प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) बाट टोली परिचालित थियो ।’

Sri Lanka Deports Sri Lankan Underground Gang Members Arrested in Kathmandu

पक्राउ परेका मध्ये सबै श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहको भएको प्रहरीको भनाइ छ । उनले मलेसिया र दुबईबाट संगठित अपराधको र्‍याकेट चलाउँदै आएका थिए । उनीविरुद्ध पनि इन्टरपोलमा रेड नोटिस जारी थियो र २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ परेका थिए । सञ्जीवाको हत्याको मुख्य योजनाकारचाहिँ पद्ये नै भएको श्रीलंकन प्रहरीले बताउँदै आएको स्थानीय समाचार संस्थाहरूले समेत उल्लेख गरेका छन् । 

श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ

कान्तिपुर

Link copied successfully