नीति, नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन बोलाउन माग

विशेष महाधिवेशनमा निर्णय गर्नुपर्ने विषयमा वर्तमान राजनीतिक संकटको गम्भीर समीक्षा, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन, समयानुकूल नीति निर्माण र विधान संशोधनमार्फत पार्टी संरचनामा सुधारको माग गरिएको छ ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Demand to convene a special convention for policy, leadership change

काठमाडौँ — नेपाली कांग्रेसका संस्थापन इतर पक्षका १७ जना महाधिवेशन प्रतिनिधिहरूले नीति, नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाउँदै उनीहरूले सभापति शेरबहादुर देउवाको मंगलबारको सम्बोधनको स्वागत गर्दै मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

आज बुझाएको मागपत्रमा भदौ २३-२४ को जेन–जी आन्दोलनले व्यक्त जनअपेक्षा र युवा पुस्ताको मागलाई सम्बोधन गरी पार्टीलाई समयसापेक्ष र सशक्त बनाउन माग गरिएको छ । समसामयिक चुनौती सामना गर्न नीति र संरचनामा सुधार गर्न उनीहरुले आह्वान गरेका छन् । यसका साथै फागुन २१ को निर्वाचनका लागि नयाँ नेतृत्व र एकताबद्ध ऊर्जासहित पार्टी पुनर्गठन गर्न उनीहरुले माग गरेका छन् ।

विशेष महाधिवेशनमा निर्णय गर्नुपर्ने विषयमा वर्तमान राजनीतिक संकटको गम्भीर समीक्षा, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन, समयानुकूल नीति निर्माण र विधान संशोधनमार्फत पार्टी संरचनामा सुधारको माग गरिएको छ ।

उनीहरुले विधानको धारा १७ (२) बमोजिम मंसिर २१ भित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन जोडदार माग गरेका छन् । 

Demand to convene a special convention for policy, leadership change

Demand to convene a special convention for policy, leadership change

कान्तिपुर

Link copied successfully