प्रतिनिधि सभा विघटनविरुद्ध धमाधम रिट पेश हुँदै, ११ बजेसम्म पाँच थान पुगे

असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Petitions against the dissolution of the House of Representatives were being submitted in a hurry, reaching five by 11 o'clock

काठमाडौँ — प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट पेश भएका छन् । बिहान सवा ११ बजेसम्म पाँच रिट सर्वोच्च पुगेका हुन् ।

अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाको गरी पाँचवटा रिट सर्वोच्चमा पुर्‍याएका हुन् । 

त्यस्तै विमल पोखरेलले यसअघि नै रिट पेश गरेका छन् । रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । 

असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी खण्डहर भएको छ । 

कान्तिपुर

Link copied successfully