सुन तस्करी आरोपित महराको बयान सकियो, थुनछेक बहस बुधबार

माओवादी केन्द्रका नेतासमेत रहेका महरा आज पनि थुनामै रहने छन् ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Gold smuggling accused Mahara's statement is over, detention hearing on Wednesday

काठमाडौँ — सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णहादुर महराको बयान सकिएको छ । 

महराको मंगलबार बयान सम्पन्न भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका नेता समेत रहेका महरा आज पनि थुनामै रहने छन् । 

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो । 

दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।

सम्बन्धित अन्य समाचार :

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा कसरी मुछिए ? ५ प्रश्नोत्तर बुझ्नुहोस्

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

भेपमा मात्रै होइन, सुन तस्करीका अरु प्रकरणमा पनि महराको भूमिका शंकास्पद

कान्तिपुर

Link copied successfully